२०८३ साउन १२ मंगलबार

मनिचेन्जरको नयाँ इजाजतपत्र बन्द

ई आर्थिक    शुक्रबार, असोज १४ २०७९
5.8K
Shares
मनिचेन्जरको नयाँ इजाजतपत्र बन्द

ई–आर्थिक, काठमाडौं । मनिचेन्जरको नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द गरिएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थान विभागले शुक्रबार एक सूचना जारी गर्दै नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द गरिएको जानकारी गराएको हो ।

अर्को व्यवस्था नभएसम्मका लागि अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका स्थानमा मनिचेन्जरको नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द गरिएको राष्ट्र बैंकको सो विभागले जानकारी दिएको छ । विभागले सोहीबमोजिम गर्न गराउन पनि विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ले दिएको अधिकार प्रयोग गरी सूचना जारी गरिएको भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij