ई–आर्थिक, काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले शाखा विस्तार कार्यक्रमलाई तीब्रता दिएको छ । यसै क्रममा फाइनान्सले सुनसरीको इटहरी चोकमा शाखा विस्तार गरेको छ । फाइनान्सको यो १८औं शाखा हो । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेल तथा फाइनान्सका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा इटहरी क्षेत्रका प्रतिष्ठित व्यापारी, व्यवसायी, उद्योगीलगायत समाजका अगुवा तथा समाजसेवीहरूको उपस्थिति रहेको कम्पनीले बताएको छ ।
कम्पनीले छिट्टै सुर्खेत र धनगढीमा समेत शाखा सञ्जाल विस्तार गरी सातै प्रदेशमा आफ्नो उपस्थिति बढाउने योजना बनाएको छ ।