कार्यक्रमका वक्ताहरुले भेनियरलाई कृषिजन्य वस्तुमा राखिए पनि झन्झटिलो कानूनी प्रक्रियाले व्यवसाय फस्टाउन नसकेको धारणा राखेका थिए । उनीहरुले सरकारले निजी क्षेत्रबाट हुने गरेका आर्थिक क्रियाकलापलाई प्राथमिकता दिँदै उत्पादन, निर्यातको सहज वातावरण बनाइदिनुपर्नेमा जोड दिए ।
ई–आर्थिक, बिर्तामोड । नेपाल भेनियर उत्पादक संघको सातौं अधिवेशन र दशौं साधारण सभा सम्पन्न भएको छ । सो अधिवेशनले अध्यक्षमा पुनः दीपक पाण्डेलाई निर्वाचित निर्वाचित गरेको छ । उनी पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन ।
अधिवेशनले संघको आगामी कार्यकालका लागि १५ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ ।
संघको बरिष्ठ उपाध्यक्षमा श्यामप्रसाद न्यौपाने, उपाध्यक्षमा पिताम्बर गौतम र लक्ष्मीप्रसाद श्रेष्ठ, महासचिवमा दिनेश शाक्य, सचिवमा संजिव बर्मा र कोषाध्यक्षमा सुरेशकुमार अग्रवाल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा लीलाकुमार न्यौपाने, पूर्णध्वज आङ्दम्बे, राकेश साह, सञ्जय साह, अनुप साह, पशुपति साह, प्रमोद महतो र खेमप्रसाद शर्मा निर्वाचित भएका छन् ।
सो अधिवेशनले अमित अग्रवालको संयोजक रहेको रोनक अग्रवाल र उज्वल श्रेष्ठ सदस्य रहेको लेखा समिति समेत गठन गरेको छ ।
अधिवेशन तथा साधारणसभा संघका अध्यक्ष दिपक पाण्डेको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष अञ्जन श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
साधारण सभामा संघ वरिष्ठ उपाध्यक्ष श्याम न्यौपानेले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य एकराज कार्की, नेपाल उद्योग वाणिज्य महासंघ निर्यात प्रबद्र्धन समितिका सभापति मनिषलाल प्रधान, महासंघकै केन्द्रीय सदस्य उमेश डालमिया, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं.१ अध्यक्ष टीकाराज ढकाल, महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्की, नेपाल वनपैदावार संघ इलामका अध्यक्ष रोहीत खड्का, नेपाल प्लाइउड उत्पादक संघका केन्द्रीय सचिव दिनेश चापागाईं, मेचीनगर उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, पन्नालाल जैन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका वक्ताहरुले भेनियरलाई कृषिजन्य वस्तुमा राखिए पनि झन्झटिलो कानूनी प्रक्रियाले व्यवसाय फस्टाउन नसकेको धारणा राखेका थिए । उनीहरुले सरकारले निजी क्षेत्रबाट हुने गरेका आर्थिक क्रियाकलापलाई प्राथमिकता दिँदै उत्पादन, निर्यातको सहज वातावरण बनाइदिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अध्यक्ष पाण्डेले अध्यक्षको प्रतिवेदन, महासचिव दिनेश शाक्यले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष सुरेशकुमार अग्रवालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल भेनियर उत्पादक संघका पूर्व अध्यक्ष प्रदेश एकराज कार्की, संस्थापक सदस्य दुर्गा भण्डारी, व्यवसायी दिपेश प्रधान, संस्थापक महासचिव स्व. सुवास मुरारकय (मरणोपरान्त) लाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन संघका महासचिव दिनेश शाक्यले गरेका थिए ।