२०८३ साउन ११ सोमबार

धितोपत्र बजार सञ्चालनसम्बन्धि नियमावली संसोधन, नयाँ स्टक एक्सचेन्जले ३० प्रतिशत आईपीओ ल्याउनु पर्ने

ई आर्थिक    मंगलबार, भाद्र २८ २०७९
6.9K
Shares
धितोपत्र बजार सञ्चालनसम्बन्धि नियमावली संसोधन, नयाँ स्टक एक्सचेन्जले ३० प्रतिशत आईपीओ ल्याउनु पर्ने

ई–आर्थिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली, २०७९’ जारी गरेको छ । संशोधित नियमावलीमा नयाँ स्टक एक्सचेन्ज सञ्चालन सम्बन्धी व्यवस्थाहरु थप गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जबाहेक अब स्थापना हुने एक्सचेन्जको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ हुनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सञ्चालन नियमावली २०७९ सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको छ । यसअघि स्टक एक्सचेन्जको चुक्ता पुँजी ५ करोड रुपैयाँ मात्रै भए पुग्थ्यो । सञ्चालनमा रहेको सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्जलाई भने यो व्यवस्था लागु नहुने संशोधित नियमावलीमा उल्लेख गरिएको छ ।

धितोपत्र बोर्डले संशोधित चुक्ता पुँजीको सिलिङलाई नेप्सेले पनि पु¥याउनु पर्ने शर्तसहित प्रस्ताव मन्त्रिपरिषद् पु¥याएता पनि विधायन समितिले उक्त प्रस्तावलाई परिमार्जन गरेको धितोपत्र बोर्ड अध्यक्ष रमेश कुमार हमालले बताएका छन् । धितोपत्र बजारले कारोबार सञ्चालन गरेको २ वर्षभित्रमा आफ्नो जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्ने छ । विनियमावलीमा सञ्चालनमा रहेको धितोपत्र बजारलाई यो व्यवस्था लागू नहुने उल्लेख छ । हाल नेपालमा नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मात्रै सञ्चालनमा रहेको छ ।

नयाँ स्टकमा सरकारको संलग्नता भएको बाहेक कानुन बमोजिम स्थापना भएका प्राइभेट कम्पनी वा संगठित संस्थाले संस्थापक सेयर किन्न पाउनेछन् । कुनै एक कम्पनी वा त्यस कम्पनीको सञ्चालक वा सेयरधनी र निजका नजिकका नातेदार रहेका कम्पनीले धितोपत्र बजारको कुल सेयर पुँजीको १५ प्रतिशत भन्दा बढी सेयर ग्रहण गर्न पाउने छैनन् ।

नेपालबाहेक अन्य मुलुकमा धितोपत्र बजार सञ्चालन गरेका कम्पनीले पनि स्टक एक्सचेन्जमा लगानी गर्ने व्यवस्था नयाँ रहेको छ । पछिल्लो १० वर्षदेखि धितोपत्र बजार सञ्चालन गर्दै आएका तथा नेपालमा लगानी गर्न स्वीकृति पाएका यस्ता कम्पनीले नेपाली स्टक एक्सचेन्जमा लगानी गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij