२०८३ साउन ९ शनिबार

१२ कक्षाको परीक्षाफल आज बेलुकासम्म प्रकाशित हुँदै

ई आर्थिक    मंगलबार, भाद्र १४ २०७९
13.3K
Shares
१२ कक्षाको परीक्षाफल आज बेलुकासम्म प्रकाशित हुँदै

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने जनाएको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

आज बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको बोर्डले जानकारी दिएको छ । प्राविधिक कठिनाइ नभए आजै बेलुकासम्म नतिजा प्रकाशन गर्ने तयारीमा बोर्ड जुटेको हो ।

नतिजाको अन्तिम रुजु कार्य भइरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याल बताए । रुजुपछि आजै नतिजा प्रकाशित गर्ने सम्भावना भएको उनको भनाई छ । परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए ।

देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij