२०८३ साउन १० आइतबार

प्रभु बैंकका ग्राहकलाई सीता प्यालेस होटलको सेवामा विशेष छुट

ई आर्थिक    शुक्रबार, भाद्र १० २०७९
7.4K
Shares
प्रभु बैंकका ग्राहकलाई सीता प्यालेस होटलको सेवामा विशेष छुट

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेड र सर्लाहीस्थित सीता प्यालेस होटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोज कुमार साह र सीता प्यालेस होटलका तर्फबाट प्रबन्धक मुकुन्द प्रसाद घिमिरेले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकले सीता प्यालेस होटलद्वारा सञ्चालित फुड र वेभरेज सेवामा १० प्रतिशत र लजिङ सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता अन्तर्गत सीता प्यालेस होटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सीता प्यालेस होटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij