२०८३ साउन ११ सोमबार

जनकपुर गुठीका तत्कालीन प्रमुख वस्ताकोटीसहित चार जनाविरुद्ध २९ करोड ८० लाखको भ्रष्टाचार मुद्दा

ई आर्थिक    बिहिबार, भाद्र ९ २०७९
6.4K
Shares
जनकपुर गुठीका तत्कालीन प्रमुख वस्ताकोटीसहित चार जनाविरुद्ध २९ करोड ८० लाखको भ्रष्टाचार मुद्दा

ई–आर्थिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटीसहित चार जनाविरुद्ध २९ करोड ८० लाख बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार तत्कालीन कार्यालय प्रमुख बास्ताकोटीसहित चार जनाविरुद्ध २९ करोड ८० लाख ८१ हजार ४३७ रुपियाँ बिगो कायम गर्दै विशेष अदालत, काठमाडौंमा बिहीबार मुद्दा दायर भएको हो ।

आयोगले धनुषाको रत्नसागर मन्दिरको जग्गा व्यक्तिको नाममा पास गरी सार्वजनिक जग्गा भोगचलन गरेको आरोपमा विशेष अदालतमा तत्कालीन कार्यालय प्रमुख बास्ताकोटी, नायब सुब्बा यमुनाप्रसाद पञ्जियार, सहयोगीका रुपमा खटिएका कुमार खड्ग विक्रम शाह र मालपोत कार्यालय, धनुषाका तत्कालीन खरिदार जगदेव कामतीविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार ऐन अनुसार जरिवाना र कैद सजायको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij