२०८३ साउन ९ शनिबार

बेष्ट फाइनान्सको सुविधायुक्त ‘बचत डबल गर्ने कि तेब्बर’ नयाँ बचत योजना

ई आर्थिक    बिहिबार, भाद्र ९ २०७९
9.3K
Shares
बेष्ट फाइनान्सको सुविधायुक्त ‘बचत डबल गर्ने कि तेब्बर’ नयाँ बचत योजना

ई–आर्थिक, काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले ग्राहकमूखि नयाँ मुद्दती बचत योजना सार्वजनिक गरेको छ । ‘बचत डबल गर्ने कि तेब्बर’ भन्ने शीर्षकमा यो नयाँ योजना ल्याइएको कम्पनीले बताएको छ ।

ग्राहकको रकमलाई सुरक्षित बचत गरी उच्च प्रतिफल दिने लक्ष्यका साथ ल्याइएको सो योजनामा साधारण मुद्दती बचततर्फ ५ वर्ष ११ महीनामा निक्षेप रकमको दोब्बर र ९ वर्ष ५ महीनामा तेब्बर हुने कम्पनीले बताएको छ ।

यसैगरी रेमिट्यान्स मुद्दती बचतमा भने ५ वर्ष ७ महीनामा दोब्बर र ८ वर्ष १० महीनामा तेब्बर प्रतिफल दिइने फाइनान्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विशेष बचत योजनामा सहभागी हुने निक्षेपकर्ताले मोबाइल बैंकिङ र एटीएम सेवा निःशुल्क पाउने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij