२०८३ साउन ९ शनिबार

मिटरब्याजीको जालो सबैभन्दा बढी मधेश प्रदेशमा, १७६८ जना उजुरी मध्ये नौ सय ८२ मधेश प्रदेशका

ई आर्थिक    सोमबार, भाद्र ६ २०७९
9.9K
Shares
मिटरब्याजीको जालो सबैभन्दा बढी मधेश प्रदेशमा, १७६८ जना उजुरी मध्ये नौ सय ८२ मधेश प्रदेशका

ई–आर्थिक, काठमाडौं । मिटरब्याजीको जालो सबैभन्दा बढी मधेश प्रदेशमा देखिएको छ । मिटरब्याजीविरुद्ध १७ सय ६८ उजुरी उजुरी मध्ये नौ सय ८२ मधेश प्रदेशका रहेका छन् ।

सरकारले गठन गरेको कार्यदलले आइतबारसम्म उजुरी दिन आह्वान गरेको थियो । कार्यदलका संयोजक तथा गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसालले साहुकारहरूविरुद्ध देशभरबाट पीडितका उजुरी संकलन गरिएको बताए । पीडितहरूले नजिकको प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

सबैभन्दा धेरै मधेस प्रदेशबाट नौ सय ८२ पीडितले जाहेरी दिएका छन् । महोत्तरी र बारामा अझै जाहेरी संकलन हुन बाँकी छ । दोस्रोमा बागमतीबाट धेरै पीडितको जाहेरी परेको छ । साहुकारविरुद्ध यो प्रदेशमा तीन सय ५६ पीडितले जाहेरी दिएका छन् । अझै दोलखा, नुवाकोट र रामेछापबाट जाहेरी संकलन हुन नसकेको कार्यदलले जनाएको छ ।

लुम्बिनीमा दुई सय १६ पीडितले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमार्फत जाहेरी दिएका छन् । अर्घाखाँची र पूर्वी रुकुममा जाहेरी संकलन हुन बाँकी छ । गण्डकीमा ५५ र कर्णालीमा २२ पीडितले साहुकारविरुद्ध जाहेरी दिएका छन् । डोल्पाबाट कसैले पनि जाहेरी दिएका छैनन् । सुदूरपश्चिममा ४५ पीडितले जाहेरी दिएको कार्यदलले जनाएको छ । यो प्रदेशअन्तर्गतका अछाम, बझाङ र डडेल्धुराबाट भने जाहेरी परेका छैनन् ।

सरकारले गत २७ साउनमा मिटरब्याजबाट पीडितको सम्बन्धमा छानबिन गर्न कार्यदल गठन गरेको थियो । कार्यदलमा गृह मन्त्रालयका दुईसहित नेपाल प्रहरीका तीन र राष्ट्रिय अनुसन्धान विभागका एक प्रतिनिधि गरी ६ उच्च अधिकारी छन् ।

गत २९ साउनमा कार्यदलले विज्ञप्तिमार्फत ५ भदौसम्म नजिकको प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सार्वजनिक रूपमा आह्वान गरेको थियो

पीडितहरूले जाहेरी दिने म्याद थप गर्ने विषयमा पनि छलफल भइरहेको छ । सोमबार बस्ने कार्यदलको बैठकले यसबारे निर्णय लिने कार्यदलका सदस्य तथा केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० का एसएसपी दिनेश आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij