२०८३ साउन ११ सोमबार

कांग्रेस नेता गिरीको स्वास्थ्य लाभको कामना गर्दै सामूहिक प्रार्थना, परिवारको आग्रहमा भेन्टिलेटरबाट निकालियो

ई आर्थिक    शुक्रबार, भाद्र ३ २०७९
6K
Shares
कांग्रेस नेता गिरीको स्वास्थ्य लाभको कामना गर्दै सामूहिक प्रार्थना, परिवारको आग्रहमा भेन्टिलेटरबाट निकालियो

ई–आर्थिक, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद प्रदीप गिरीको स्वास्थ्य लाभ तथा दीर्घायुको कामना गर्दै शुक्रबार सामूहिक प्रार्थना सभा गरिएको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइ रहनु भएका राजनीतिक विश्लेषक, समालोचक एवं साहित्यकारसमेत रहनुभएका नेता गिरीको स्वास्थ्य लाभ तथा दीर्घायुको कामना गर्दै सामूहिक प्रार्थना सभा गरिएको हो ।

समाजवादी चिन्तक गिरी विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्छ । भारतमा उपाचारपाछि स्वास्थ लाभ गरिरहनु भएका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

मेडिसिटी अस्पतालको आईसीयूमा उपचारत गिरीको स्वास्थ्य लाभको कामना गर्दै नेपाली कांग्रेस वैचारिक अभियानले नेपाल सांस्कृतिक संघ डिल्ली बजारमा प्रार्थना सभाको आयोजना गरेको हो ।

सभामा नेपाली कांग्रेसका नेता एनपी साउदले नेपाली राजनीतिलाई मुल बाटोमा डोर्याउने नेता गिरी जस्ता चिन्तक देशलाई अझ आवश्यक रहेकाले पुनः स्वास्थ्य लाभको कामना गर्नुभयो ।

नेता साउदले भन्नुभयो, “श्रद्धेय नेता र बौद्धिक व्यक्तित्व प्रदीप गिरीजी अस्पतालको शैय्यामा हुनुहुन्छ, युवराज खातीले कार्यक्रमको आयोजना गरेको मैले उहाँलाई सुनाएँ। सायद सुन्नुभयो होला। तर, केही प्रतिक्रिया दिन सक्नु भएन।”

परिवारको आग्रहमा भेन्टिलेटरबाट निकालियो

यसैबीच नेता गिरिको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि परिवारको आग्रहमा भेन्टिलेटरबाट निकालिएको छ ।

गिरिको स्वास्थ्यमा कुनै सुधार नभएपछि उनलाई कम कष्ट होस् भनेर भेन्टिलेटरबाट निकालिएको हो । गिरिको नख्नुस्थित मेडिसिटि अस्पतालमा तीन हप्तादेखि उपचार भइरहेको छ ।

अस्पताल स्रोतका अनुसार बिहीबारदेखि उनलाई भेन्टिलेटरमा राखिए पनि स्वास्थ्यमा कुनै सुधार नभएपछि परिवारले अस्पतालसँग भेन्टिलेटरबाट निकाल्न आग्रह गरेको हो।

बिहीबारदेखि उनको स्वास्थ्य अवस्था अत्यन्तै क्रिटिकल बन्दै गएको अस्पतालले जनाएको छ ।

भारतको मुम्बईस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरि लगत्तै मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । पछिल्लो समय उनलाई निमोनियाले सताएको थियो ।

गिरिलाई भेट्न पुगेका कांग्रेस नेताहरु शुक्रबार दिउँसो निराश भएर फर्किएका थिए नेता विमलेन्द्र निधिले गिरिको अवस्था देखेर ‘स्तब्ध र निरिह’ भएको जनाएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गांधीवादी, विचारक,योद्धा, नेपाली काँग्रेसका नेता प्रदिप गिरि लाई मेडिसिटिमा दोस्रोपटक हेरेर बाटोमा फर्कदै छु । स्तब्ध र निरिह छु । ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु । सबैले प्रार्थना गरौँ ।’

त्यस्तै उनलाई भेटेर फर्किएका कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले गिरी मान्छे चिन्ने र बाल्न नसक्ने अवस्थामा रहेको जानकारी दिए । भेन्टिलेटर कक्षको बाहिरबाटै हेरेर फर्किनु परेको उनले बताए ।

सामाजिक सञ्जालमा खतिवडाले भनेका छन्, ‘आज पनि म कृष्णप्रसाद भट्टराई जस्तै सम्मान गर्ने नेता प्रदीप गिरि भेट्न अस्पतालमा पुगे। बोलाउन खोजे, बोल्ने प्रयास गर्नु भएन। भगवानसँग अनुरोध गरियो, छिटोभन्दा छिटो स्वस्थ्य भएको देख्न पाउ ।’

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij