२०८३ साउन ११ सोमबार

अर्थतन्त्रमा सुधार्न नीतिगत सुधार पनि आवश्यक

ई आर्थिक    सोमबार, साउन २३ २०७९
3K
Shares
अर्थतन्त्रमा सुधार्न नीतिगत सुधार पनि आवश्यक

ई–आर्थिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उदारवादी अर्थतन्त्रलाई समयसापेक्ष रूपमा नीतिगत सुधार गर्नुपर्ने बताउनुभएको छ । इकोनोमिक डिस्कसन फोरमद्वारा आयोजित ‘नेपाली आर्थिक भविष्य र समुन्नत नेपालको खाका’ शीर्षकको अनतरक्रिया कार्यक्रममा उहाँले उदारवाद तथा खुला बजार अर्थनीतिलाई अझ परिस्कृत गर्नुपर्ने बताउनुभयो ।

उहाँले सीमित स्रोतसाधन र छोटो समयमा आर्थिक रूपान्तरण गरी महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्री र नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले व्यवस्था परिवर्तन भएपछि जनजीविकाका सवाललाई सम्बोधन गर्ने गरी आर्थिक रूपान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँहरूले आर्थिक रूपान्तरणका लागि अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाउनुपर्ने बताउनुभयो ।

यसैबीच कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिकासहित उपत्यकाको फोहोर सङ्कलन र व्यवस्थापनमा जुट्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । नेपाल शिक्षक सङ्घ महानगर समितिले आयोजना गरेको कार्यक्रममा उहाँले काठमाडौँ महानगरमा निर्वाचित वडाध्यक्षको बहुमत रहेकाले फोहोर व्यवस्थापनमा अगुवाइ गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “बोर्ड बैठकबाट आवश्यक निर्णय गरेर फोहोरमैलाको समस्या समाधान गर्न लाग्नुपर्छ, जनताको मन जित्ने गरी कार्यक्रम तय गरेर अघि बढ्नुहोस् ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij