२०८३ साउन ९ शनिबार

श्री एयरलाइन्सको जहाजको वायाँ इन्जिनमा धुवाँ देखियो, नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण

ई आर्थिक    बिहिबार, साउन १९ २०७९
10K
Shares
श्री एयरलाइन्सको जहाजको वायाँ इन्जिनमा धुवाँ देखियो, नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण

ई–आर्थिक, काठमाडौं । श्री एयरलाइन्सको जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएको छ । नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ जहाजमा समस्या देखिएपछि नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ ।

जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि पनि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको हो ।

नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाज अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो ।

जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij