ताइवानीप्रति अमेरिकी ऐक्यबद्धता इतिहासमै महत्त्वपूर्ण : पेलोसी
ई–आर्थिक, काठमाडौं । अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी चढेको युद्धबिमान ताइवानको भूमिमा अवतरण गरेको सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।
चिनियाँ चेतावनीका बाबजुद पेलोसी चढेको अमेरिकी युद्धबिमान ताइवानको भूमिमा अवतरण गरेको हो। अमेरिका र चीनबीचको पछिल्लो टकराव उत्कर्षमा पुगिरहेका बेला पेलोसी ताइवान उत्रिएकी हुन् ।
चिनियाँ राष्ट्रपति सी जिङपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको अघिल्लो साताको दुई घन्टा लामो अनलाइन बैठक तीक्ततामा सकिएको थियो भने चिनियाँ नेतृत्वले पटकपटक पेलोसीलाई लामो समय चिनियाँ अधीनमा रहेको ताइवानको भूमि भ्रमण नगर्न चेतावनी दिएको थियो।
ताइवान अहिले स्वशासित क्षेत्र हो। चीनको कटु आलोचक पेलोसीले आफूले ताइवानको भ्रमण नगर्ने आश्वासन दिए पनि अन्ततः मंगलबार राति उनी ताइवान अवतरण गरेकी हुन्।
चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबार अमेरिकी नेताहरुलाई ‘आगोसँग नखेल्न’ चेतावनी दिँदै ताइवानी मुद्दाको सहज अन्त्य नहुने बताएका थिए।
उता अमेरिकाले पनि चिनियाँ धम्कीसँग नडराउने सोमबार बताएको छ ।
पेलोसीले बुधबार ताइवानी राष्ट्रपति साइ इङ वेनसहित नेताहरुसँग भेट्ने कार्यतालिका रहेको उनीनिकट स्रोतले रोयटर्सलाई बताएको छ ।
ताइवानीप्रति अमेरिकी ऐक्यबद्धता इतिहासमै महत्त्वपूर्ण
यसैबीच अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको गतिशील कूटनीतिलाई अमेरिकाको अटल प्रतिबद्धताको सम्मानस्वरुप आफू नेतृत्वको प्रतिनिधिमण्डलले यहाँको भ्रमण गरेको बताएकी छन् ।
ताइवान उत्रिएपछि उनले ताइवानी नेतृत्वसँग हुने वार्ताले साझा रुचिको प्रबर्द्धन र साझेदारीका लागि अमेरिकी समर्थनको सुनिश्चितता गर्ने बताइन् ।
उनले सामाजिक सञ्जालमा विश्व निरंकुशता र प्रजातन्त्रबीच एक छनौट गर्नुपर्ने अवस्था भोगिरहेका बेला ताइवानका २ करोड ३० लाख जनताप्रति अमेरिकाको ऐक्यबद्धता पहिलेभन्दा बढी महत्त्वपूर्ण भएको बताइन् ।
उनले ताइवानको भ्रमण यसअघिका भ्रमणका निरन्तरता रहेको उल्लेख गर्दै अमेरिकी नीतिलाई यसले विरोधाभास नगर्ने बताइन् ।
अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी चढेको युद्धबिमान ताइवानको भूमिमा मंगलबार राति अवतरण गरेको हो ।
चिनियाँ चेतावनीका बाबजुद पेलोसी चढेको अमेरिकी युद्धबिमान ताइवानको भूमिमा अवतरण गरेको हो। अमेरिका र चीनबीचको पछिल्लो टकराव उत्कर्षमा पुगिरहेका बेला पेलोसी ताइवान उत्रिएकी हुन् ।
चिनियाँ राष्ट्रपति सी जिङपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको अघिल्लो साताको दुई घन्टा लामो अनलाइन बैठक तीक्ततामा सकिएको थियो भने चिनियाँ नेतृत्वले पटकपटक पेलोसीलाई लामो समय चिनियाँ अधीनमा रहेको ताइवानको भूमि भ्रमण नगर्न चेतावनी दिएको थियो ।
ताइवान अहिले स्वशासित क्षेत्र हो । चीनको कटु आलोचक पेलोसीले आफूले ताइवानको भ्रमण नगर्ने आश्वासन दिए पनि अन्ततस् मंगलबार राति उनी ताइवान अवतरण गरेकी हुन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबार अमेरिकी नेताहरुलाई ‘आगोसँग नखेल्न’ चेतावनी दिँदै ताइवानी मुद्दाको सहज अन्त्य नहुने बताएका थिए ।
उता अमेरिकाले पनि चिनियाँ धम्कीसँग नडराउने सोमबार बताएको छ ।
पेलोसीले बुधबार ताइवानी राष्ट्रपति साइ इङ वेनसहित नेताहरुसँग भेट्ने कार्यतालिका रहेको उनीनिकट स्रोतले रोयटर्सलाई बताएको छ ।