ई–आर्थिक, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘फुल डबल मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ ।
ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ७ महिना २३ दिनमा दुई गुणा हुनेछ। सो अवधिको अन्त्यमा बैंकले कुनैपनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर (Full Double) रकम भुक्तानी गर्नेछ ।
यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन्। यो मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शतप्रतिशत, क्रेडिट कार्ड सुविधामा ५० प्रतिशत छुट पाउनेछन् ।
त्यसैगरी डेबिट कार्ड, मोबाइल बैंकिङ सेवामा सुरुको वर्ष निःशुल्क र बाँकी अवधिको शुल्कमा ५० प्रतिशत छुटलगायत अन्य आकर्षक सुविधाहरु पनि प्रदान गरिने छ । देशभरका सम्पूर्ण शाखा कार्यालयहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने छ ।
बैंकको हाल ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ रहेको छ ।