२०८३ साउन ९ शनिबार

भारतमा राज्य सभाका १९ सांसद साताभरका लागि निलम्बित, निलम्बनमा परेका सांसदको नाम सूचिसहित

ई आर्थिक    बुधबार, साउन ११ २०७९
7.7K
Shares
भारतमा राज्य सभाका १९ सांसद साताभरका लागि निलम्बित, निलम्बनमा परेका सांसदको नाम  सूचिसहित

ई–आर्थिक, एजेन्सी । भारतमा अधिवेशन अवरुद्ध गरेको भन्दै माथिल्लो सदन राज्य सभामा विपक्षी दलका १९ सांसदलाई निलम्बन गरिएको छ । राज्यसभाबाट विपक्षी सांसदहरूलाई साताभरका लागि निलम्बन गर्ने निर्णय भारी मतका साथ लिइएको थियो ।

मूल्यवृद्धिको विरोधमा निरन्तर संसद अवरुद्ध गरेपछि उनहरूलाई एक साताका लागि निलम्बन गरिएको बताइएको छ। ‘उनीहरूले अध्यक्षको अपीललाई वेवास्ता गरिरहे’, माथिल्लो सदनमा भाजपा नेता पियुष गोयलले भने, ‘अर्थमन्त्री निर्मला सीतारमण निको भएर संसदमा फर्केपछि सरकार मूल्यवृद्धिमा बहसको लागि तयार छ।’

निलम्बित सांसदले सदन नछोडेपछि एक घण्टाका लागि बैठक स्थगित भएको थियो ।

यसअघि तल्लो सदन लोकसभाका सभामुखले संसदका चार सदस्यलाई वर्खे अधिवेशनसम्मका लागि निलम्बित गरेका थिए । सभामुखको चेतावनीबीच सदनभित्र प्लेकार्ड देखाएको आरोपमा उनीहरू निलम्बित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij