२०८३ साउन १२ मंगलबार

माछापुच्छ्रे बैंकको एटिएम फुटाउँने दुई जना रंगेहात पक्राउ

ई आर्थिक    मंगलबार, साउन १० २०७९
4.9K
Shares
माछापुच्छ्रे बैंकको एटिएम फुटाउँने दुई जना रंगेहात पक्राउ

ई–आर्थिक, पर्सा । वीरगन्ज महानगरपालिका–८ स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका–५ का २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिकाका २७ वर्षीय राजकपुर चौधरी रहेका छन् । उनीहरुलाई आइतबार राति पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij