२०८३ साउन ११ सोमबार

३० हजार घुससहित घुससहित गाउँपालिकाका अधिकृत अख्तियारको नियन्त्रमा

ई आर्थिक    आइतबार, साउन १ २०७९
3.3K
Shares
३० हजार घुससहित घुससहित गाउँपालिकाका अधिकृत अख्तियारको नियन्त्रमा

ई–आर्थिक, काठमाडौं । कैलालीको एक गाउँपालिकाका अधिकृत ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा नगद ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हन् ।

गाउँपालिकाको जिन्सी शाखा प्रमुखका रुपमा कार्यरत बुढा आइतबार ३० हजार रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कंचनपुरले जनाएको छ ।

बुढालाई घोडाघोडी नगरपालिका वडा नम्बर १ स्थित नवरत्नबाट होटल पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालयका प्रमुख रामबहादुर कुरुम्बाङले बताए । उनले बुढाले गाउँपालिकाको बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत ३० हजार रुपैयाँ मागेको र सो रकम सहित पक्राउ गरेको बताए ।

प्रमुख कुरुम्बाङले होटलबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत घुस मागेको सूचनाको आधारमा बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij