२०८३ साउन ९ शनिबार

राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्ष शिब अधिकारीले दिए राजिनामा

ई आर्थिक    सोमबार, असार २७ २०७९
22.2K
Shares
राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्ष शिब अधिकारीले दिए राजिनामा

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का अध्यक्ष शिव अधिकारीले अध्यक्ष पदवाट राजिनामा दिएका छन । सोमवार संस्थाका पदाधिकारीहरुको उपस्थितिमा अध्यक्ष अधिकारीले राजिनामा दिएका हुन । अधिकारीले राजिनामा दिएसँगै कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष विकास लाहोनी लाई दिईएको छ । अधिकारी गत २०७९ बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा नुवाकोट, तारकेश्वर गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए ।

सो अवसरमा राजिनामा दिँदै अध्यक्ष अधिकारीले आँफु नाटोजको विकासका लागी संस्थावाट राजिनामा दिएपनि सँधै संगै रहेको वताए । सो अवसरमा नाटोजका उपाध्यक्षहरु विकास लोहोनी, मधुजंग पाण्डे, प्रकाश खालिङ,महासचिव नविन काफ्ले,कोषाध्यक्ष कल्पना महर्जन लगायतले अध्यक्ष अधिकारीलाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

नाटोजको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष विकास लोहोनीलाई दिईएको र आगामी तीन महिना भित्र साधारणसभा सम्पन्न गरि नयाँ नेतृत्व चयन गरिने महासचिव नविन काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij