२०८३ साउन ११ सोमबार

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता पहिलोपटक एकसाथ निजगढ जाँदै, स्थलगत निरीक्षण गर्ने

ई आर्थिक    शुक्रबार, असार १७ २०७९
5.1K
Shares
प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता पहिलोपटक एकसाथ  निजगढ जाँदै, स्थलगत निरीक्षण गर्ने

ई–आर्थिक, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’ जाने भएका छन् । उनीहरु त्यहाँ पुगेर शनिबार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन् ।

‘काठमाडौंबाट बिहान ९ बजे प्रधानम्त्री शेरबहादुर देउवासहितको शीर्ष नेताहरुको टोली निजगढ भ्रमणमा जाने तयारी छ,’ गठबन्धनका एक नेताले भने । प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू विमानस्थल निर्माणक्षेत्रको अवलोकनमा जाने भएका हुन् ।

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा जान लागेका हुन् ।

‘भ्रमणपछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने वा नबढाउने विषयमा सरकारले आवश्यक निर्णय गर्ने छ,’ ती नेताले भने । जैविक विविधतायुक्त घना जंगल फडानी गरेर विमानस्थल निर्माण गर्न खोजिएको भन्दै विरोध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij