२०८३ साउन १२ मंगलबार

रसुवागढी हाइड्रोपावरको आइपीओ १३ गतेदेखि

ई आर्थिक    आइतबार, असार ५ २०७९
3.8K
Shares
रसुवागढी हाइड्रोपावरको आइपीओ १३ गतेदेखि

ई–आर्थिक, काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडले असार १३ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई साधारण शेयर आइपीओ निष्काशन तथा विक्री गर्ने भएको हो ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ६८ लाख ४२ हजार १०० कित्ता आइपीओ आयोजना अति प्रभावित क्षेत्रका वासिन्दालाई निष्काशन गर्न लागेको हो ।

आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं १ थुमन र वडा नं २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं ४ गोल्जुङ र वडा नं ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरु वडा नं ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुमा उक्त आइपीओ विक्री गर्न लागेको हो ।

उक्त आइपओिमा न्युनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिनेछ । ईच्छुक स्थानीय वासिन्दाले असार २७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गरिने कम्पनीले जनाएको छ ।

यस आइपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सह विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सन्राइज क्यापिटल रहेका छन् ।

उक्त आइपीओमा विक्री प्रबन्धकसँगै सी–आस्वा सदस्य सेवा प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij