डा. केशरीलक्ष्मी मानन्धर
ग्यानोदर्मा च्याउ (Ganoderma mushroom) रातोरंगको भएकोले यसलाई रातो च्याउ भन्ने गरेको छ । यो रातो च्याउ नेपालको जंगलमा पाईन्छ । यसको आकार पंखा जस्तै फैलिएको छ । यो च्याउ अरु च्याउ जस्तो नरम र मीठो छैन । यो काठ जस्तो साह्रो हुन्छ र स्वाद पनि तीतो हुन्छ । त्यसैले यो च्याउ अन्य च्याउ जस्तै तरकारी बनाएर खान सकिन्दैन । यो सुकाएको च्याउको टुक्राहरु पानीमा उमालेर रस चियाको रुपमा खान सकिन्छ ।
यसमा धेरै प्रकारको औषधियुक्त तत्वहरु छन् जस्तो कि Polysaccharider, Triterpenoide, Organic Germanium, Amino Acids र पौष्टीक तत्वहरुमा Protein Vitamins, mineral, micronutrients etc. यी तत्वहरुले गर्दा हाम्रो शरीरमा resistance बढाउछ र immune system बलियो पार्छ । त्यसकारण यो च्याउ सेवन गर्नाले विभिन्न रोगहरु लागेका विरामीहरुलाई पनि फाइदा गर्छ । विशेष गरेर यो रातो च्याउ क्यान्सर रोग र HIV/AIDS रोगलाई प्रयोग गर्न थालेको छ । हामी रोगै नलागेको अवस्थामा पनि यो च्याउको सेवनले Energy बढाउँछ र शरीर स्वास्थ्य र तन्दुरुस्त भई फुुर्तिलो हुन्छ ।
हाम्रो नेपालमा आजकल क्यान्सर रोग जताततै फैलिएको पाईएको छ । यो रातो च्याउले क्यान्सर रोगका विरामीलाई फाइदा गरी केहीहदसम्म आयु बढाउन मद्दत पु¥याउँछ । यसले क्यान्सर रोगको सेल (जीवाणु) लाई बढ्न दिंदैन रोग भने पूरा निर्मूल पार्न सक्दैन । क्यान्सर रोगका बिरामीहरुलाई बढी दिनसम्म बाँच्न पाउने अवसर पाउँछ । त्योपनि ठूलो कुरा हो । यस रातो च्याउको महत्वपूर्ण तत्वहरुबाटनै यो सम्भव भएको हो । यस रातो च्याउको महत्वपूर्ण तत्वहरुबाटनै यो सम्भव भएको हो । क्यान्सर रोग इनिसियल स्टेजमा छ भने पूरा निको पनि हुन सक्छ । क्यान्सर नभएका व्यक्तिहरुले यसको सेवन गर्नाले क्यान्सर रोगबाट बच्ने सभ्भावना पनि हुन्छ ।

आजको वैज्ञानिक युगमा यो रातो च्याउको विभिन्न अनुसन्धान गरीसकेको देखिन्छ र अझ बढी गर्दै पनि छ । विशेष गरेर medical science मा यसको चाहना बढेको छ । जापानका एक प्रसिद्ध सर्जन (surgen) Dr. Fukumi Morishige ले आफ्नो अनुभवबाट विभिन्न क्यान्सर रोगहरु कम भएको उल्लेख गरेका छन । वहाँले भन्नु भएको पनि छ कि यसमा विशेष तत्वहरु छन जसबाट क्यान्सर विरामीलाई लामो समयसम्म बचाई राख्न सक्छ । त्यो हो विभिन्न प्रकारको Ploysacaharides यो तत्वले नै क्यान्सर सेल (cell) लाई दबाएर अथवा subside गरेर राख्छ । यसरी Dr. Fukumi ले आफ्नो उपचार गरेर अनुभव भएको कुराबाट निम्न प्रकारको क्यान्सर रोगीहरुलाई फाइदा भएको देखाएका छन ।
- टाउकोमा ट्यूमर (Brain tumor)बाट ग्रस्त भएर होसै गुमाई सकेको विरामीलाई फाइदा भएको र राम्रो जीवन यापन गरको ।
- Liver तथा pancreas को क्यान्सर भएको बिरामीलाई निकै फाइदा गरेको ।
- त्यस्तै नै Breast Cancer भएका विरामीलाई उपरेसन गरी Chemo को दोज दिंदा नै यो रातो च्याउको प्रयोग गराउँदा क्यान्सर रोगबाट मुक्त भएको ।
हाल नेपालमा पनि breast cancer भएर अपरेशन पछि यस रातो च्याउको दिनहुँ सेवन गरेका विरामीहरुलाई फाइदा भएको अनुभव गरेका छन् । यिनीहरु मध्ये ज्ञानीशोभा तुलाधर, ईन्दिरा मानन्धर आदी हुन । यस्तै गरी ३ वर्ष अगाडि नारायण कुमार श्रेष्ठज्यूलाई गल ब्लेडरको क्यान्सर । हुँदा chemotherapy को साथसाथै रातो च्याउको पनि सेवन गराउँदा एकवर्षसम्म राम्रो जीवनयापन गर्नु भएको थियो । बम्बईको अस्पतालबाट ३ महिनाको समय दिएता पनि यति लामो समयसम्म बाँच्न सभ्भव भएको हाम्रो जानकारीमा आएको छ । नेपालमा रातो च्याउले Hepatitis (B) भएकालाई समते फाइदा भएको पाइएको छ । यसरी रातो च्याउलाई Liver tonic पनि भनिन्छ र प्रयोग गर्न सकिन्छ ।
आजको युगमा यो ग्यानोदर्मा च्याउको बारेमा विभिन्न देशमा यसको महत्व बुभ्न थालेका छन । हुन न धेरै वर्ष अगाडि देखिनै चीनका बादशाहरुले जंगलबाट खोज्न लगाएर यो रातो च्याउ सेवन गरेर आफूलाई संधै तन्दरुस्त राख्ने गर्छन रे र आफुहरु संधै जवानी रहन्छ भन्थे । त्यसैले चाइनीजहरुले यो सवेन गर्नु भनेकै आफूलाई जवानी राख्नु हो अथवा (to keep you young) भनिन्छ । एशिया महाद्वीपमा चीन, जापान, कोरिया, मलेसिया, फिलिपिन्स, इन्दोनेशिया आदि देशहरुमा यस रातो च्याउको प्रयोग दैनिक रुपमा गर्न थालिसकेका छन । चीन र जापानमा यो च्याउको हल्का चिया बनाएर दैनिक रुपमा खाने गर्दछ । मलेसियाको DXN Company ले रातो च्याउको क्यापसुल (capsul) को प्रयोग गराएका छन । विभिन्न विरामीहरुलाई फाइदा भएको पनि पाइएको छ । तर यस क्यापसुलको मूल्य अतिनै महंगो भएको हुनाले हाम्रो गरीब जनतालाई ठूलो मर्का परेको छ । त्यसैलाई दृष्टिगत गरी कृषि प्रविधि तालिम केन्दको कार्य कार्यकारी निर्देशकको हैसियतले मैले २०६३ साल देखि यो रातो च्याउ उत्पादन प्रविधिमा अनुसन्धान गरेका थिए । हाल यस केन्द्रले बैज्ञानिक तरिकाबाट रातो च्याउको उत्पादन गरी, यो च्याउलाई टुक्रा टुक्रा बनाई बैज्ञानिक ढंगले सुकाई प्रयोगकर्ताहरुलाई सुपथ मोलमा वितरण गरी सबैलाई उपलब्ध गराउँदै आइरहेका छन ।

रातो च्याउ खाने विधि साधारण छ । एकग्राम ग्यानोदर्मा च्याउको टुक्राहरु ठूलो एक कप पानीमा राखेर १० मिनेटसम्म उमाल्ने । त्यसबाट जुन रातो रातो चिया जस्तो च्याउको रंग निस्कन्छ त्यो झोल (extract) मात्र खाने तर चोक्ता खानु पर्दैन । यसरी पानीमा उमाल्दा रातो च्याउमा भएको महत्वपूर्ण तत्वहरु पानीमा जान्छन र यो झोल चियाको रुपमा खान सकिन्छ । यसमा अलिकति कागतीको झोल राख्दा चियाको स्वाद मीठो र हाम्रो शरीरमा च्याउको तत्वहरु चाँडै पस्छ । गुलियो स्वाद चाहिएको खण्डमा चिनी हाल्न मिल्छ तर दूध नहाल्ने यो रातो च्याउको मात्रा भनेको क्यान्सर भएका विरामीहरुको लागि दिनको ५–६ ग्राम सम्म खानु पर्छ । अन्य रोगीहरुको लागी २–३ ग्रामसम्म खानु पर्ने हुन्छ । यसरी ५–६ ग्राम पकाउँदा पानी पनि धेरै हाल्नु पर्ने हुन्छ र विरामीलाई पटक पटक गरी दिन भरीमा खुवाउँदै गर्नु पर्ने हुन्छ ।
क्यान्सर बाहेक यो ग्यानोदर्मा च्याउबाट अरु रोगहरु जस्तो ब्लडप्रेसर, मधुमेह, मुटुको रोग, हातखुट्टा र जिउ दुख्ने, दम आउने र allergy हुनेलाई फाइदा गर्छ । यसले हाड खिइने रोगलाई (degeneration) बचाउँछ अर्थात protect गर्छ । त्यसैले ४० वर्ष नाघेका व्यक्तिहरुले यो रातो च्याउ दिनहुँ सेवन गर्नु उपयुक्त हुन्छ । केही रोग नभएको स्वस्थ्य मानिसले दिनको १ ग्रामको दरले खाए पुग्छ । हाम्रो शरीर स्वस्थ्य र तन्दुरुस्त रहन्छ । यसले गर्दा हामीमा तागत बढ्ने हुन्छ र संधै फुर्तिलो देखिन्छ । आलस्यपन स्वतः हटेर जान्छ । यसरी हाम्रै देशमा उत्पादन भएको यो ग्यानोदर्मा रातो च्याउ सबैले सेवन गरी तन्दरुस्त भई फाइदा उठाउनु हुन यस कृषि प्रविधि तालिम केन्द्रल अनुरोध गर्दछ ।