२०८३ साउन १० आइतबार

आइएमई लिमिटेडले मनायो २२औं वार्षिकोत्सव, रेमिट्यान्सले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता बढाएको अर्थमन्त्रीको भनाई

ई आर्थिक    सोमबार, जेष्ठ ३० २०७९
5.9K
Shares
आइएमई लिमिटेडले मनायो २२औं वार्षिकोत्सव, रेमिट्यान्सले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता बढाएको अर्थमन्त्रीको भनाई

ई–आर्थिक, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको २२औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा रेमिट कम्पनीको उल्लेखनीय भूमिका रहेको बताए ।

‘रेमिट्यान्सले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता बढाएको छ,’ उनले भने, ‘यसले गरीबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि धेरै मद्दत पुगेको छ ।’

विदेशमा रहेका नेपालीको कमाइ सुरक्षित रूपमा नेपाल पठाउन रेमिट कम्पनीले ठूलो भूमिका निर्वाह गरेको उनको भनाइ थियो । विदेशमा रहेका नेपालीको रकम वैधानिक माध्यमबाट भित्र्याउन रेमिट्यान्स कम्पनीले गरेको योगदान प्रशंसनीय रहेको उनले बताए ।

आइएमई ग्रूप अन्तर्गतको एक कम्पनी आइएमई लिमिटेडले आइतवार २२औं वार्षिकोत्सव मनाएको हो । सन् २००१ जुन १२ मा नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेशियाबाट इजाजत लिएर आइएमई लिमिटेड सञ्चालनमा आएको थियो ।

कार्यक्रममा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफू वैदेशिक रोजगारीमा गएका व्यक्तिले वैदेशिक रोजगारीमै गएका व्यक्तिको सेवाका लागि कम्पनी स्थापना गरेको बताए । एउटा सानो कोठाबाट शुरुआत भएको आइएमईले विगतमा भोगेका कैयौं जोखिम एवं चुनौतीको स्मरण गर्दै उनले अहिले रेमट्यिान्सको पर्यायवाची आइएमई बनेको बताए ।

त्यस्तै आइएमई समूहका सहसंस्थापक एवं प्रबन्ध निर्देशक हेमराज ढकालले अवसरको खोजीमा नेपाली युवा विदेशिन थालेसँगै आइएमईको स्थापना भएको बताए । ‘विदेशिएका युवाले पसिना बगाएर आर्जन गरेको रकम आफन्तको हातसम्म सुरक्षित रूपमा पुर्‍याउन एउटा माध्यम चाहिएको थियो,’ उनले भने, ‘त्यसलाई सार्थक बनाउन आजभन्दा २२ वर्षअघि आइएमईको जन्म भएको हो ।’ समूहका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले मुलुकका खास खास अप्ठ्यारामा आइएमईले आफ्नो सेवालाई प्रभावकारी ढंगले सञ्चालन गरेको बताए ।

आइएमई समूहका अध्यक्ष ढकालको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव समारोहमा मुख्य सचिव शंकरदास बैरागी, अर्थसचिव मधुकुमार मरासिनी, श्रमसचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलको उपस्थिति थियो । साथै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष डा। राजेशकाजी श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा। गणेश गुरुङलगायत पनि सहभागिता थियो ।

समाचार हेमन्त जोशीले आजको कान्तिपुरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij