ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेड र दियालो फुडल्याण्ड बुटवल प्रालिका बिच र दियालो फुडल्याण्ड बुटवलमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट खैरेनी शाखा कार्यालय प्रमुखसरोज ज्ञावली र दियालो फुडल्याण्ड बुटवलका तर्फबाट प्रबन्ध निर्देशक मदन भण्डारीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रभु बैंक र दियालो फुडल्याण्ड बुटवलविच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले दियालो फुडल्याण्ड बुटवलद्वारा सञ्चालित रेस्टुरेण्ट एण्ड पार्टी प्यालेसमा ‘फुड’ मा १५ प्रतिशत र ‘वेभरेज’ मा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत दियालो फुडल्याण्ड बुटवलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, दियालो फुडल्याण्ड बुटवलका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।