२०८३ साउन ११ सोमबार

आवासीय जग्गाको लागि घटीमा चार आना अनिवार्य, चारआना भन्दा सानो हुने गरी कित्ताकाट गर्न नपाइने

ई आर्थिक    मंगलबार, जेष्ठ २४ २०७९
4.6K
Shares
आवासीय जग्गाको लागि घटीमा चार आना अनिवार्य, चारआना भन्दा सानो हुने गरी कित्ताकाट गर्न नपाइने

ई–आर्थिक, काठमाडौं । आवासीय जग्गाको लागि चार आना भन्दा कम गर्न नपाइने भएको छ । सरकारले आवासीय प्रयोजनाका लागि चार आना (१३० वर्गमिटर) भन्दा कम हुने गरी कित्ताकाट गर्न नपाउने नियम ल्याएको छ ।

भु–उपयोग ऐन २०७६ को नियमावली जारी गर्दै जग्गाको खण्डीकरणलाई रोक्ने निर्णय गरेको हो ।

जग्गाको कित्ताकाटबारे लामो समयदेखि हुँदै आएको विवादलाई सरकारले ऐन जारी भएको दुई वर्षपछि नियमावलीमार्फत कडाइ गरेको हो ।

त्यस्तै आवासीय प्रयोजनका लागि पाँच सय वर्गमिटरभन्दा सानो कित्तामा चौडाइभन्दा लम्बाइ चार गुणा बढी हुने गरी कित्ताकाट गर्न पाइनेछ ।

नियमावलीमा कृषियोग्य जमिनलाई काठमाडौँ उपत्यकामा पाँच सय वर्ग मिटर, तराई, भित्री मधेसमा ६ सय ७५ वर्गमिटरभन्दा कम हुने गरी कित्ताकाट गर्न पाइने छैन ।

बाँकी क्षेत्रमा हरेको कृषि योग्य जमिनमा एक हजार वर्ग मिटरभन्दा सानो हुने गरी कित्ताकाट गर्न पाइने छैन । भूउपयोग ऐनमा जग्गालाई १० वर्गमा विभाजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij