२०८३ साउन ११ सोमबार

बैंकमा पैसाको अभाव छ, करिब ४ करोड नगद बोकेरे खुलेआम हिड्ने चिनिया पक्राउ

ई आर्थिक    मंगलबार, जेष्ठ २४ २०७९
4.4K
Shares
बैंकमा पैसाको अभाव छ, करिब ४ करोड नगद बोकेरे खुलेआम हिड्ने चिनिया पक्राउ

ई–आर्थिक, काठमाडौं । यतिखेर बैंकमा चरम अभाव छ । तर विदेशीहरु भने करोडौं नगद बोकेर खुलेआम हिडिरहेका छन् । यसैक्रममा चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद तीन करोड ८९ लाख १३ हजार रूपैयाँसहित नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र चार जना चिनियाँ नागरिकसहित पाँचजनालाई मंगलबार विहान प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी चालक गुरुङलगायत चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij