ई–आर्थिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले जनताको गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
बालेन्द्र शाह प्रमुखमा निर्वाचित भएर आएपछि जेठ १६ गते बसेको नगर कार्यपालिकाको बैठकले कल सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
कल सेन्टरको नम्बर १६६००१०५५११ रहेको महानगरका सञ्चार तथा सुचना प्रविधी अधिकृत नवराज ढकालले जानकारी दिए ।
उक्त कल सेन्टरमा फोन फोन गर्दा शुल्क नलाग्ने पनि महानगरपालिकाले जानकारी दिएको छ ।