ई–आर्थिक, काठमाडौं । सरकारले निर्णय गरेको सातामा दुई दिन विदा दोलखाको बैतेश्वर गाउँपालिकामा साताको एक दिनमात्रै सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले सातामा शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि नगरपालिकाले शनिबारमात्रै बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाको निर्णय अनुसार अब आइतबारदेखि बिहीबारसम्म बिहान १० देखि साँझ पाँच बजेसम्म कार्यालय सञ्चालन हुनेछन् । शुक्रबार भने बिहान १० देखि दिउँसो तिन बजेसम्म कार्यालय समय तोकिएको छ ।