२०८३ साउन १२ मंगलबार

बतास समूहले पशुपतिमा रहेको नेपाल भारतमैत्री धर्मशाला होटल चलाउन नपाउने

ई आर्थिक    बिहिबार, जेष्ठ १९ २०७९
4.7K
Shares
बतास समूहले पशुपतिमा रहेको नेपाल भारतमैत्री धर्मशाला होटल चलाउन नपाउने

ई–आर्थिक, काठमाडौं । पशुपतिस्थित नेपाल भारतमैत्री धर्मशालामा बतास समूहले होटल संचालन गर्न नपाउने भएको छ । काठमाडौं जिल्ला अदालतले बतास समूहसँग करार भंग गर्ने पशुपति विकास कोषको निर्णयलाई कार्यान्वयन गर्न बाटो खोलिदिएको छ ।

बतास समूहको होटल आनन्द प्रालिले करार भंग गर्ने कोषको निर्णय स्वीकार गरिसकेको जनाउँदै अदालतले यसअघि बतासका नाममा जारी गरेको अन्तरकालीन आदेश कायम राख्न नसक्ने जनाउँदै वैशाख २५ गते होटल आनन्द समूहका पक्षमा जारी गरिएको आदेश बदर गरिदिएको छ ।

‘भंग भइसकेको करारलाई यथावत् पालना गर्न मिल्ने अवस्था कानुनतस् देखिन आएको स्थिति नभएबाट मुलुकी देवानी कार्यविधि संहिताको दफा १ सय ५६ बमोजिम जारी भएको अन्तरकालीन आदेश कायम रहन सक्ने अवस्था देखिएन । अतः उक्त आदेश बदर गरी दिइएको छ,’ न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले दिएको आदेशमा भनिएको छ ।

माघ पहिलो साता कोषका कोषाध्यक्षको नेतृत्वमा भएको छानबिन समितिले पशुपति धर्मशाला भाडामा लगाउने सम्झौता कानुनविपरीत भएको ठहर गर्दै प्रतिवदेन बुझाएपछि होटल आनन्दसँगको करार सम्झौता रद्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij