२०८३ साउन ११ सोमबार

विवेकशील साझाको अध्यक्ष पदबाट रवीन्द्र मिश्रले दिए राजीनामा, पार्टीको साधारण सदस्य रहिरहने

ई आर्थिक    बुधबार, जेष्ठ ११ २०७९
4.2K
Shares
विवेकशील साझाको अध्यक्ष पदबाट रवीन्द्र मिश्रले दिए राजीनामा, पार्टीको साधारण सदस्य रहिरहने

ई–आर्थिक, काठमाडौं । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचन २०७९ मा पार्टीले अपेक्षित परिणाम हासिल नगरेपछि मिश्रले राजीनामा दिएको विज्ञप्तीमा उल्लेख छ ।

निर्वाचनमा प्राप्त परिणामको जिम्मेवारी लिँदै बुधबारबाटै लागू हुने गरी आफूले राजीनामा दिएको मिश्रले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

विज्ञप्तीमा उनले भनेका छन्, ‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ ।

गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु । म पार्टीको साधारण सदस्य रहिरहने छु।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij