२०८३ साउन ११ सोमबार

बझाङको बित्थडचिर बहुउद्देश्यीय सहकारीमा चोरी

ई आर्थिक    बुधबार, जेष्ठ ११ २०७९
6.2K
Shares
बझाङको बित्थडचिर बहुउद्देश्यीय सहकारीमा चोरी

ई–आर्थिक, काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिका–२ स्याँडीस्थित बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्याँडीबाट नगद चोरी भएको छ । चोरले नगद ५ लाख २१ हजार ८ सय ५ रूपैयाँ चोरेर लगेको संस्थाले जानकारी दिएको छ ।

आइतबार अज्ञात व्यक्तिले उक्त संस्था रहेको भवनको मुल ढोकाको ताला फोडेर सेफलाई लगेको र सेफ टोडेर उक्त रकम चोरेको प्रहरीले जनाएको छ ।

उक्त सेफ भवनदेखि अन्दाजी २ सय मिटर टाढा फेला परेको थियो । चोरीमा संलग्न फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij