२०८३ साउन १२ मंगलबार

भारतमा कोरोना महामारी : संक्रमित ४ करोड ३१ लाख ३८ हजार ३९३ पुग्यो, एकैदिन ४६ जनाको निधन

ई आर्थिक    मंगलबार, जेष्ठ १० २०७९
5K
Shares
भारतमा कोरोना महामारी : संक्रमित ४ करोड ३१ लाख ३८ हजार ३९३ पुग्यो, एकैदिन ४६ जनाको निधन

ई–आर्थिक, काठमाडौं । भारतमा फेरि कोरोनाको लहर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा २ हजार २२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८३२ रहेको छ ।

यो कुल संक्रमितको शून्य दशमलब ०३ प्रतिशत हो। मन्त्रालयका अनुसार कोरोनाबाट निको हुने समग्र दर ९८ दशमलब ७५ प्रतिशत छ । त्यस्तै, पछिल्लो २४ घन्टामा ४६ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ४५९ जना पुगेको छ ।

भारतमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या फेरि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij