२०८३ साउन १२ मंगलबार

स्वदेशमै विद्युत् खपत बढाउने नीति ल्याउने तयारीमा सरकार

ई आर्थिक    मंगलबार, जेष्ठ १० २०७९
5.6K
Shares
स्वदेशमै विद्युत् खपत बढाउने नीति ल्याउने तयारीमा सरकार

ई–आर्थिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले स्वदेशमै विद्युत् खपत बढाउने नीति ल्याइउने तयारीमा सरकार रहेको बताएकी छन् ।

राजधानीमा सोमवार आयोजित ‘मेक इन नेपाल’ कार्यक्रममा उनले विद्युत् खपत बढाउन उद्योगधन्दाको विकास, विद्युतीय सवारी साधन तथा विद्युतीय चुलोको प्रवर्द्धन गरिने बताइन्।

पेट्रोलियम पदार्थको बढ्दो आयातका कारण मुलुकको व्यापार घाटा चुलिंदै गएको, विदेशी विनिमय सञ्चितीमा असर परेको भन्दै उनले विद्युतबाट पेट्रोलियम पदार्थको प्रतिस्थापन गर्न सकिने बताइन् ।

चालू आवमा मात्रै २ खर्ब २० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको तथ्याङ्क दिंदै उनले विद्युत् खपत बढाएर आयात न्यूनीकरण गर्न सकिने बताइन्। उनले स्वेदशमा खपत नभएको विद्युत् क्षेत्रीय बजारमा विक्री गरेर विदेशी मद्रा भित्र्याउन सकिने बताइन् ।

‘चालू आर्थिक वर्षमा ३९ मेगावाट विद्युत निर्यातको शुरुआत गरिसकिएको छ । यस आवमा हामी करीब २ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्न सक्ने अवस्थामा छौं’, मन्त्री भुसालले भनिन् । उनका अनुसार अर्को आर्थिक वर्षमा करीब ५०० मेगावाट विद्युत् निर्यात हुनेछ, जसबाट करीब १२ देखि १५ अर्ब रुपैयाँ भित्रने छ ।

जलश्रोतको उचित व्यवस्थापन र उपभोगबाट ऊर्जा सुरक्षा र खाद्य सुरक्षालाई बलियो बनाउन सकिने उल्लेख गर्दै उनले कृषि, पर्यटन र ऊर्जाको विकासमा सरकारको नीति केन्द्रित भएको बताइन् ।

खेतीयोग्य सबै जमीनमा सिंचाइको व्यवस्था गर्ने, सिंचाइमा विद्युतको प्रयोग गर्ने, विद्युतको प्रयोग गरी नेपालमै रासायनिक मल उत्पादन गर्ने र कृषिलाई प्रविधिसँग जोड्दै खाद्यान्न, फलफूल एवम् तरकारी उत्पादनमा आत्मनिर्भर हुँदै निर्यात गर्न सघाउ पुर्‍याउने उद्देश्यले सरकारले सिंचाइको विद्युत् महसुललाई न्यून बनाइए पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij