२०८३ साउन १२ मंगलबार

९.५ मेगावाटको परियोजना बनाइरहेको मिड सोलु हाइड्रोपावरले आइपीओ जारी गर्ने

ई आर्थिक    शुक्रबार, जेष्ठ ६ २०७९
7.5K
Shares
९.५ मेगावाटको परियोजना बनाइरहेको मिड सोलु हाइड्रोपावरले आइपीओ जारी गर्ने

ई–आर्थिक, काठमाडौं । ९.५ मेगावाट परियोजना निर्माण गरिरहेको मिड सोलु हाइड्रोपावर कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले एनआइसी एशिया क्यापिटलको ‘आइडिया टु आइपीओ’ सेवा अन्तर्गत आईपीओ निष्काशन गर्न लागेको हो ।

आईडिया टु आईपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवासहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको मिड सोलु हाइड्रोपावरले जानकारी दिएको छ ।

यस सेवा अन्तर्गत क्यापिटलले कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनकाल देखि आईपिओ जारी गर्ने चरणसम्म पुर्‍याई निकट भविष्यमा सर्वसाधारणहरूमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि दुई कम्पनीबीच सम्झौता भएको हो ।

क्यापिटलले ‘आइडिया टु आइपीओ’ सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई तत्काल आईपिओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको आईपिओ जारी गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रकृया तथा तयार गर्नुपर्ने सम्पूर्ण कागजातको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथासिघ्र आईपिओ जारी गर्न योग्य कम्पनी बनाउन महत्वपूर्ण सम्पूर्ण सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij