ई–आर्थिक, काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नेकपा समाजवादीका धनराज आचार्यले जित्ने संभावना बढेर गएको छ ।
महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा समाजवादीका आचार्यले फराकिलो मतान्तर हुँदै गएपछि उनले जित्ने संभावना बढेको हो । प्रतिस्पर्धीको भन्दा उनको १ हजार ७९५ मतले अग्रता रहेको छ ।
कुल ३१ हजार मत गणना हुँदा मेयरमा समाजवादीका आचार्यले १२ हजार ९४५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्णबहादुर थापाले ११ हजार १५० मत प्राप्त गरेका छन् ।
यस्तै, महानगरको उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १३ हजार २३३ मत प्राप्त गरी अग्रता कायम गरेकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले १२ हजार ७२८ मत प्रात गरेकी छन् ।