२०८३ साउन ११ सोमबार

२६ मतदानस्थलका ४१ केन्द्रमा मतदान हुन सकेन, ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान

ई आर्थिक    शनिबार, बैशाख ३१ २०७९
1.6K
Shares
२६ मतदानस्थलका ४१ केन्द्रमा मतदान हुन सकेन, ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान

ई–आर्थिक, काठमाडौं । निर्वाचन आयोगले शुक्रबार देशभरका २६ मतदानस्थलका ४१ मतदान केन्द्रमा मतदान हुन नसकेको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार देशभरका २६ मतदानस्थलका ४१ केन्द्रमा मतदान हुन नसकेको हो। विवाद भएका सबै मतदानस्थलमा शुक्रबार मतदान स्थगित भएको छ ।

अवरुद्ध भएका स्थानमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुनः मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्नेछन्।

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले पत्रकारसँग कुरा गर्नुहुँदै केही स्थानमा दल र उम्मेदवारहरूका कारण विवाद भए पनि समग्रमा शान्तिपूर्ण रुपमा मतदान भएको उल्लेख गर्नुभयो।

उहाँले साँझ ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरिए पनि सो समयमा मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई मतदान गर्न दिइने भएकाले कूल खसेको मत यकिन सङ्ख्या र प्रतिशत प्राप्त भइनसकेको स्पष्ट पार्नुभयो।

वर्षाका कारण मतदानमा कुनै गम्भीर असर नपरेको र खटिएका सुरक्षाकर्मी र कर्मचारीबाट आयोगलाई यथेष्ट सहयोग मिलेको बताउँदै प्रवक्ता शर्माले उहाँहरु सबैलाई धन्यवाद दिनुभयो।

प्रवक्ता शर्माले मतदान सम्पन्न भई सुरक्षितरूपमा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफलपछि सहरी क्षेत्रमा आजै रातिदेखि मतगणना कार्य सुरु हुने जानकारी दिनुभयो।

आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवाद भएका कारण मतदान कार्य अवरुद्ध भएको थियो।

आयोगले देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij