२०८३ साउन १० आइतबार

काठमाडौंको वडा नं. २९ मा काँग्रेसमा उर्लियो जनलहर, वडाबासीको हितमा काम गर्न कुनै कसर बाँकी नराख्ने उम्मेद्वारको प्रतिबद्धता

ई आर्थिक    मंगलबार, बैशाख २० २०७९
16.9K
Shares
काठमाडौंको वडा नं. २९ मा काँग्रेसमा उर्लियो जनलहर, वडाबासीको हितमा काम गर्न कुनै कसर बाँकी नराख्ने उम्मेद्वारको प्रतिबद्धता

ई–आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. २९ मा नेपाली काँग्रेसमा जनलहर उर्लिएको छ । वडाका उम्मेद्वारसहित पार्टीका अगुवा नेता, कार्यकर्ताहरुले चुनावी प्रचार–प्रसारलाई तीब्रता दिइरहेको बेला नेपाली काँग्रेसप्रति व्यापक जनलहर उर्लिएको हो ।

उक्त चुनावी घरदैलो कार्यक्रममा स्थानीय अगुवा नेता विनोदकुमार भट्टराईलगायत तीन दर्जन बढी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

वडा अध्यक्षका उम्मेद्वार कुश ढकाल निस्वार्थी र त्यागी रहेकाले पनि उनको आवश्यकताको बारेमा कसैले प्रश्न उठाउन नहुने घट्टेकुलाका स्थनीय मतदाता पूर्णश्वर श्रेष्ठले बताए । ‘उहाँ शुसासन र अनुशासनमा प्रतिबद्ध हुनुहुन्छ, विकास निर्माणमा समेत उहाँको चासो प्रशंसनीय रहेको छ ।’ श्रेष्ठले भने– ‘वडामा काम गरेको पुरानो अनुभवले हामीलाई सेवा लिन सजिलो हुने विश्वास लिएका छौं ।’ अनुभवी उम्मेद्वार पाएपछि कसैले पनि ढकालको विकल्प खोज्न नहुने उनले बताए ।

वडाबासीको हितमा काम गर्न कुनै कसर बाँकी नराख्ने उम्मेद्वारहरुले प्रतिबद्धता जनाएका छन् ।

‘समयअनुसार वडावासीको सबै किसिमका आवश्यकतामा हाम्रो ध्यान जानेछ ।’ उम्मेद्वार ढकालले भने– ‘प्रविधिमैत्री सेवा, फोहोरको सहज व्यवस्थापन, खानेपानीको सहज आपूर्ति र वडावासीको सुरक्षामा हाम्रो विशेष ध्यान जानेछ ।’ वडामा सीसी टिभी जडान गर्ने पनि उम्मेद्वार ढकालले प्रतिबद्धता जनाए । विगतमा लथालिंग र अव्यवस्थित रहेको वडालाई आफ्नो कार्यकालमा व्यवस्थित बनाएको उम्मेद्वार ढकालले सुनाए । विगतमा पनि वडावासीको हितलाई ध्यानमा राखेरै काम गरेको उनले दाबी गरे ।

ढकाल २९ नं. वडाका यसअघिका निर्वाचित वडा अध्यक्ष हुन् ।

यस वडामा मात्रै हैन एमालेले सरकार चलाउँदा विगतमा गरेको थुप्रै गल्तिले यसपटक नेपाली काँग्रेसमा देशभर व्यापक जनलहर उर्लिएको खुल्लाबाट वडा सदस्यका उम्मेद्वार अनिल कुमार श्रेष्ठले बताए । ‘यो वडामा हाम्रो पुरै टिमले जित्छ, नेपाली काँग्रेसबाटै काठमाडौंको मेयरका उम्मेद्वार सिर्जना सिंहले पनि जित्नुहुँदैछ ।’ उनले भने– ‘नेपाली काँग्रेस प्रति देखिएको माहौल र जनलहरले आफूहरु उत्साहित भएका छौं ।’

सिर्जना दिदीको जितले पनि आफूहरुलाई वडा हाक्न थप सजिलो हुने उनले विश्वास बताए ।

नेपाली काँग्रेसका २९ नं. वडाका सबै उम्मेद्वार विकासप्रेसी, सिर्जशील र सकारात्मक सोचका रहेकाले पनि आफूहरुलाई खुलेर मतदान गर्न उम्मेद्वार श्रेष्ठले वडावासीहरुसँग अनुरोध गरे ।

काठमाडौं महानगरपालिकाकी काँग्रेसकी मेयरका उम्मेद्वार सिर्जना सिंहले ७ संकल्प गरेकी छन् । सिंहका ७ संकल्पमा सेवा सुशासन, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा दिगो पर्यावरण, सुरक्षित शहर, संस्कृति, सम्पदा र सभ्यता, सबल र समुन्नत पूर्वाधार र सबल युवा, स्वावलम्बी महिला सृजनशील महानगरवासी रहेका छन् । सिर्जना दिदीले गरेका यिनै ७ संकल्पलाई आफूहरुको टिमले पनि हातेमालो गरेर पुरा गर्ने उम्मेद्वार श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij