२०८३ साउन १० आइतबार

टिकट खोसिएपछि घरबाट ननिस्किएका पौडेललाई भेट्न पुगे ईश्वर पोखरेल

ई आर्थिक    सोमबार, बैशाख १९ २०७९
7.2K
Shares
टिकट खोसिएपछि घरबाट ननिस्किएका पौडेललाई भेट्न पुगे ईश्वर पोखरेल

पोखरा : नेकपा एमालेले सबैभन्दा पहिले पोखरा महानगरको मेयरमा दीपक पौडेललाई टिकट दियो।

उनलाई मेयर दिएपछि उपमेयरमा हालकै मन्जुदेवी गुरुङलाई दोहोर्‍यायो। पौडेलले टिकट पाएपछि एमालेकै नेता कार्यकर्ताले विरोध गरे।

पुराना भिडियोहरू हालेर बेइज्जत गरिदिए। गुटले गाँजेको एमालेबाट पौडेलले पाएको टिकट खोसियो।

उनको ठाउँमा बहालवाला प्रदेश सांसद कृष्ण थापालाई टिकट दिइयो। मन्जु सोही पदमा दोहोरिइन्।

अघिल्लो दिनसम्म कुनै हालतमा उपमेयर चुनाव नलड्ने बताएकी मन्जु थापाले मेयर टिकट पाएपछि लड्न राजी भइन्। थापा र गुरुङ पोखरामा केन्द्रीय सदस्य खगराज अधिकारी गुटका हुन्।

पौडेल भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट हुन्। लामो समय अध्यापन गराएर सक्रिय राजनीतिमा लागेका पौडेलको टिकट खोसिएन मात्रै उनी घरबाट निस्किनै नसक्ने गरी प्रतिष्ठामा आँच आउने काम भयो। उनका आफन्तहरूले तत्काल घरबाट ननिस्किन आग्रह गरेको बताइएको छ।

हुन पनि टिकट खोसिएकै दिनदेखि पौडेल चुनावी प्रचारमा छैनन्, उनी घरमै आराम गरेर बसिरहेका छन्। पौडेललाई भेट्न केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पुरुन्चौर पुगेका छन्। पौडेलले अपमान महसुस गरेका कारण प्रचारमा नलागेको बताइएको छ।

पार्टीले अन्याय गरेको पौडेलले पोखरेललाई गुनासो गरे। करिब २ घण्टा गोप्य भेटपछि पौडेलले पोखरामा एमालेले चुनाव नहार्ने आश्वास्त पारेर फर्काएको एमाले श्रोतले जनाएको छ।

‘उहाँसँग धेरै गुनासा थिए। ति गुनासा राख्नुभयो,’ ती नेताले भने, ‘अन्तिममा एमालेले पोखरामा चुनाव जित्ने र त्यसमा निश्चिन्त रहन भन्नुभयो।’ पोखरेलले पौडेलको योगदान पार्टीले नभुल्ने विश्वास दिएर फर्किएका छन् । -न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij