२०८३ साउन १२ मंगलबार

देशभरबाट एक लाख ३६ हजार २६९ को उम्मेदवारी, सबैभन्दा बढी सदस्यमा ४८ हजार ९१० को उम्मेद्वारी

ई आर्थिक    मंगलबार, बैशाख १३ २०७९
3.3K
Shares
देशभरबाट एक लाख ३६ हजार २६९ को उम्मेदवारी, सबैभन्दा बढी सदस्यमा ४८ हजार ९१० को उम्मेद्वारी

स्थानीय निकाय निर्वाचन

ई–आर्थिक, काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार बिहान सार्वजनिक गरेको विवरण अनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो ।

यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो ।

स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । र १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

कुन पदमा कति उम्मेदवार ?

मेयर : ३ हजार २६१

अध्यक्ष : ३ हजार २५४

उपमेयर : २ हजार ३

उपाध्यक्ष : २ हजार २९२

वडाध्यक्ष : ३२ हजार ५९

महिला सदस्य : २३ हजार ३ सय ७५

दलित महिला सदस्य : २१ हजार ११५

सदस्य : ४८ हजार ९१०

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij