२०८३ साउन ९ शनिबार

एयरपोर्टको जहाजभित्र रहेको बेवारिसे १० हजार ८०० अमेरिकी डलर कसको ?

ई आर्थिक    सोमबार, बैशाख १२ २०७९
3.4K
Shares
एयरपोर्टको जहाजभित्र रहेको बेवारिसे १० हजार ८०० अमेरिकी डलर कसको ?

ई–आर्थिक, काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेवारिसे अवस्थामा भेटेको अमेरिकी डलरको प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङस्थलमा पार्क गरिएको विमानभित्र १० हजार ८०० अमेरिकी डलर शनिबार साँझ बरामद गरेको हो ।

बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौँ अवतरण भएको विमानको सिटमा छालाको हाते ब्यागभित्र बेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बरामद डलर आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij