२०८३ साउन ९ शनिबार

गुल्मीको रेसुङ्गा विमानस्थलबाट बैशाखभित्रै परिक्षण उडान थालिने, निर्माण कार्य अन्तिम चरणमा

ई आर्थिक    सोमबार, बैशाख ५ २०७९
13.7K
Shares
गुल्मीको रेसुङ्गा विमानस्थलबाट बैशाखभित्रै परिक्षण उडान थालिने, निर्माण कार्य अन्तिम चरणमा

ई–आर्थिक, गुल्मी । गुल्मी जिल्लाको निर्माणाधीन रेसुङ्गा विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । १५ वर्षअघि शिलान्यास भएको उक्त विमानस्थलको निर्माण काम अन्तिम चरणमा पुगेको हो । उक्त एयरपोर्ट रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा रहेको छ । आयोजनाका सहायक प्रमुख इन्जिनियर दिनेश परियारका अनुसार एयरपोर्ट २०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदिपकुमार ज्ञवालीले उद्घाटन गरेका इन्जिनियर परियारले जानकारी दिए । यही बैशाखभित्र परीक्षण उडान हुनेगरी काम भइरहेको उहाँले बताउनुभयो । अहिले हामी विमानस्थलको सबै कामको अन्तिम चरणमा पुगेका छौं उहाँले भन्नुभयो । अबको केही दिनमा निर्माणको सबै काम सकेर बैशाखभित्र परीक्षण उडान गर्ने उहाँको भनाई छ । वैशाख अन्तिमसम्म भएपनि परीक्षण उडान हुने उहाँले दाबी गर्नुभयो ।

विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको विमानले कच्ची उडान गरेको थियो । विमानस्थलमा विभिन्न चरणका कामहरु फरक–फरक निर्माण व्यवसायीबाट भइरहेका थिए । टर्मिनल भवनसहित कन्ट्रोल टावर नेपाल नागरिक उड्डयन प्राधिकण एरोड्रो इन्जिनीयरिङ्ग विभागमार्फत बोकोई श्रेष्ठ कन्सट्रक्सन जेभीले निर्माण गरेको छ ।

विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर ४ करोड ५ लाख २९ हजार ६ सय १० रुपियाँको लागतमा निर्माण गरिएको हो । त्यस्तै, अर्को महत्वपूर्ण संरचना धावनमार्ग कालोपत्रे गर्ने काम सकिएको छ । धावनमार्ग ५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइको छ ।

रौताह हरिहरि जेभीले धावनमार्ग कालोपत्रे गरेको हो । रौताह हरिहरि जेभीले धावनमार्ग कालोपत्रे ७ करोड २५ लाख लगानीमा गरेको बताइएको छ । कोभिड, निर्माण सामग्री र निर्माण व्यवासायी आफैको ढिलासुस्तीका कारण समयमा काम नभएको कार्यालयले जानकारी गराएको छ ।
एकसय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । शिलान्यास समयदेखि विस्थापितलाई स्थापित, जग्गा अधिग्रहणदेखि कटिङ्ग, फिलिङ्ग, टेवा पर्खाल, बाह्य ढल निर्माण, धावनमार्ग र टर्मिनलसहित कन्ट्रोल टावर निर्माणसम्मको खर्च ३५ करोड रुपियाँ भएको इन्जिनियर परियारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij