२०८३ भाद्र २९ सोमबार

गरिमा विकास बैंकका ग्राहकले ‘पोखरा बाटिका–क्लासिक होटल’को सेवा सुविधामा छुट पाउने

ई आर्थिक    बुधबार, चैत्र ३० २०७८
7.4K
Shares
गरिमा विकास बैंकका ग्राहकले ‘पोखरा बाटिका–क्लासिक होटल’को सेवा सुविधामा छुट पाउने

ई–आर्थिक, काठमाडौं । नयाँ बर्षमा आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै हाम्रो ग्राहक महानुभावहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि हामीले पर्यटकिय स्थल पोखराको प्रख्यात होटल ‘पोखरा बाटिका–क्लासिक होटल’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधाहरुमा आर्कषक छुटको लागि सम्झौता गरेका छौं ।

उक्त होटलले प्रदान गर्ने विभिन्न प्रकारका रुमहरुमा २०% छुट, फुड एण्ड वेभरेजमा १५% छुट साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुटको लागि सम्झौता गरेका हौं ।

सम्झौता अनुसार, यस बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले उक्त होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नुहुनेछ ।

हाल गरिमा विकास बैंकले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहक महानुभावहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij