ई–आर्थिक, काठमाडौं । गरिमा विकास बैंकले नेपालकै पर्यटकिय स्थल पोखराको फेवाताल देखि सराङ्कोटसम्म हालसालै सञ्चालनमा आएको अन्नपूर्ण केवलकारमा आकर्षक छुट सम्बन्धि सम्झौता गरेको छ ।
सम्झौता अनुरुप बैंकको मोबाईल बैकिङ्ग तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरुले केवलकारको टिकट मूल्यमा १०% छुट प्राप्त गर्नसक्नु हुनेछ ।
हाल गरिमा विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको बैंकले जनाएको छ ।