२०८३ साउन १२ मंगलबार

गरिमा विकास बैंकका ग्राहकलाई गोल्डस्टार जुत्तामा विशेष छुट हुने

ई आर्थिक    आइतबार, फाल्गुन ८ २०७८
9K
Shares
गरिमा विकास बैंकका ग्राहकलाई गोल्डस्टार जुत्तामा विशेष छुट हुने

ई–आर्थिक, काठमाडौं । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यस गरिमा विकास बैंक लिमिटेडले समयानुकुल आफ्ना ग्राहकवर्गका लागि विभिन्न छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको छ । यसलाई नै निरन्तरता दिदै यस बैंकले नेपालकै पुरानो तथा प्रतिष्ठित जुत्ता निर्माता ‘गोल्डस्टार’सँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ ।

सम्झौता अनुरुप यस विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गरि गरिमा स्मार्टबाट भुक्तानी गर्नुहुँदा तत्काल १५ प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यो छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुनेछ भने अफलाईन स्टोरबाट जुत्ता खरिद गर्दा लागू हुने छैन ।

हाल, गरिमा विकास बैंकले नेपालभर ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij