ई–आर्थिक, काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गरेका छन् ।
यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएका बडूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले बडूलाई कानुनबाट उद्योग मन्त्रालयमा नियुक्त गरेकी हुन् ।