२०८३ साउन १२ मंगलबार

सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौँ महानगरपालिकाको मेयर उठ्ने

ई आर्थिक    बुधबार, चैत्र १६ २०७८
4.2K
Shares
सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौँ महानगरपालिकाको मेयर उठ्ने

ई–आर्थिक, काठमाडौं । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् । मेयरमा उठ्ने बारेमा तयारी गरेका छन् । नेपाल प्रहरीका पूर्वडीआइजीसमेत रहेका खरेलले काठमाडौँ महानगरपालिकाको मेयर उठ्ने तयारी थालेका हुन् । यसबारे पार्टीमा छलफल भइरहेको उनले बताए ।

‘पार्टीमा छलफल भइरहेको छ, यद्यपि निर्णय हुन भने बाँकी छ,’ उनले भने, ‘पार्टी सकारात्मक देखिएकाले साथीभाइसँग पनि सल्लाह गरिरहेको छु ।’

वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा काठमाडौँको मेयर उठ्नेबारे खरेल सकारात्मक देखिएका छन्। पुसमा खरेलले नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए। त्यसयता उनी सो पार्टीको संगठन विस्तारमा छन् ।

सरकारले अर्का डीआइजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि खरेलले ०७४ सालमा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए ।

उनले राजीनामा दिएपछि भ्रष्टाचारविरुद्धको अभियान लिएर ‘नेपाल सुशासन अभियान’ थालेका थिए । अभियानलाई पार्टीमा रूपान्तरण गरेका खरेल प्रहरीमा सेलिब्रिटी छवि बनाएका भ्रष्टाचारविरोधी अभियन्ता हुन्। उनी आफ्नै पार्टीबाट आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij