२०८३ साउन ११ सोमबार

मेलम्चीको हेडवक्र्स खुल्यो

ई आर्थिक    मंगलबार, चैत्र ८ २०७८
7.3K
Shares
मेलम्चीको हेडवक्र्स खुल्यो

काठमाडौँ । गत असार १ र साउन १७ गतेको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा पुगेको छ । सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी भएको छ । पहिरोसँगै आएको बाढीले परियोजनाको प्रवेशद्वारदेखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङ र सुरुङभित्र प्रवेश गर्ने अन्य सहायक ढोकासमेत बन्द भएका थिए ।

पहिरोसँगै आएको गेग्य्रानले आयोजनाको मुख्य द्वार (बफर जोन) नौ नम्बर, १० नम्बर ढोका (हेडवक्र्स), अम्बाथानतर्फका १७ र २१ का ढोका (अडिट टनेल) पूरै थुनेको थियो । सुरुङसम्म पुग्ने सहायक ढोकासमेत लेदोले पुरिएपछि आयोजना सञ्चालन हुने नहुनेबारे समेत अन्योल भएको थियो ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले सफाइको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँका अनुसार बाढीले बढी क्षति गरेको १ नम्बर ढोकादेखि हेडवक्र्ससम्मको सफाइ सकिएसँगै भित्र पानी पठाएर लेदो निकाल्ने काम भइरहेको छ । मुख्य हेडवक्र्सको ढोका खुलेको र मुख्य ढोका बफर ड्यामबाट ३८ नम्बरको ढोका हुँदै अम्बाथानको अडिट टनेलको २१ ढोकाबाट पानी बाहिर पठाएर सुरुङ सफाइको तयारी भइरहेको जानकारी कुँवरले दिनुभयो ।

सरकारले बाढीले पु-याएको क्षतिको पुनर्निर्माण र सुरुङको सफाइ गरी यही चैत मसान्तभित्र काठमाडौँमा पानी ल्याउने लक्ष्य राखेको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारको लक्ष्यअगावै चैत तेस्रो सातासम्म काठमाडौँमा पानी ल्याउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

सफाइको जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले सफाइको काम गरिरहेको छ । सरकारको लक्ष्य पहिले पानी काठमाडौँ ल्याउने मन्त्री चौधरीको निर्देशनपछि सिनो हाइड्रोले तीनवटा नेपाली सहायक कम्पनीमार्फत तीन चरणमा गरी चौबीसै घण्टा गेग्य्रान तथा सुरुङभित्रको लेदो हटाउने काम गरिरहेको समाचार मित्र भण्डारीले आजको गोरखापत्रमा लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij