२०८३ साउन १२ मंगलबार

नेपाल भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा मल्होत्रा

ई आर्थिक    बुधबार, चैत्र २ २०७८
4.5K
Shares
नेपाल भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा मल्होत्रा

ई–आर्थिक, काठमाडौं । नेपाल भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा उद्योगी व्यवसायी दीपककुमार मल्होत्रा निर्वाचित भएका छन् । संघको हालै सम्पन्न ११औं वार्षिक साधारणभाले मल्होत्राको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो।

संघका निर्वाचित अन्य पदाधिकारीहरुमा ध्रुवकुमार श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र दुई उपाध्यक्षमा सुरेशमान श्रेष्ठ र सुनिलभक्त श्रेष्ठ रहेका छन् ।

त्यस्तै महासचिवमा गोपालदास मानन्धर, कोषाध्यक्षमा कविकुमार तिब्रेवाला र दुई सचिवमा पुर्नेशप्रसाद श्रेष्ठ र पहलमान गुरुङ निर्वाचित भएका छन्।

सदस्यहरुमा विकासरत्न ध्वाख्वा, धनबहादुर गुरुङ, दिनेश तुलाधर, मनिषलाल प्रधान, श्रीमती उर्मिला श्रेष्ठ, नवीन सारुलगायत निर्वाचित भएको संघले जनाएको छ।

निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ रहेको निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको रहेको छ। संघले मुलुकको कृषि, व्यापार–व्यवसाय र पर्यटनसँगै सामाजिक क्षेत्रको विकास र प्रवर्द्धन योगदान गर्दै आएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij