ई–आर्थिक, वीरगञ्ज । केडिया अर्गनाइजेशनका अध्यक्ष स्व. हीरालाल केडियाको परिवारलाई समवेदन दिन प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार वीरगञ्जस्थित केडिया निवास पुगेका छन् ।
उक्त अजसरमा प्रधानमन्त्री देउवाले स्व केडियाको तस्बिरमा पुष्पाञ्जली अर्पण गर्नुका साथै स्व केडियाकी धर्मपत्नी परमेश्वरी देवी र छोराहरु तथा केडिया परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका थिए।
प्रधानमन्त्री देउवासँगै खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरी, मधेस प्रदेशका ऊर्जा विकास तथा खानेपानीमन्त्री ओमप्रकाश शर्मा, पूर्वमन्त्रीहरु रमेश रिजाल, सञ्जय चौरसिया र सुरेन्द्रप्रसाद चौधरीलगायत समवेदना प्रकट गर्न केडिया निवास पुगेका थिए।
केडियाको काठमाडौँस्थित ह्याम्स अस्पतालमा फागुन २४ गते निधन भएको थियो। त्यसको भोलिपल्ट कर्मैया बाग्मतीमा अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ।