२०८३ साउन १२ मंगलबार

वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर परीक्षण गर्दा शुल्क नलाग्ने

ई आर्थिक    शुक्रबार, फाल्गुन १३ २०७८
6.6K
Shares
वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर परीक्षण गर्दा शुल्क नलाग्ने

ई–आर्थिक, काठमाडौं । वैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पीसीआर परीक्षण निःशुल्क हुने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।

संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूति दिने अभिप्रायले यस्तो निर्णय गरेको हो ।

अबदेखि सरकारअन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकहरुका लागि निःशुल्क पीसीआर परीक्षण हुनेछ । तर, त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij