ई–आर्थिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदमा टेबल भएको एमसिसी प्रस्तावको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ ।
सोमबार बसेको समाजवादीको सचिवालय बैठकले एमसिसीको विपक्षमा मतदान गर्ने र अरु दललाई पनि विपक्षमा उभिन वातारण तयार पार्ने गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
शनिबार बसेको स्थायी कमिटी बैठकले एमसिसीका विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ। सोमबार सुरु भएको सचिवालयको बैठक भने मंगलबार पनि जारी रहनेछ।
प्रवक्ता खतिवडाले भनेका छन्, ‘हाम्रो पार्टी एमसिसीको विपक्षमा उभिनेछ। अरु दललाई पनि विपक्षमा उभिन भन्ने छौं र त्यसका लागि वतावरण बनाउने निर्णय भएको छ।’ उनले आफ्नो दल एमसिसी पारित गर्ने शर्तमा सरकारमा नगएको र एमसिसीसँग सत्ता सहकार्य जोड्न आवश्यक नभएको उल्लेख गरे ।